नियम
व्यक्तिगत इजाजतपत्र, रेटिंग तथा प्रमाणपत्र प्राप्त क्रू बाहेक अरू कसैले वायुयान उडान सञ्चालन गर्न नहुने
व्यक्तिगत ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्र प्राप्त क्रू बाहेक अरू कसैले पनि नेपाल ……..को हवाई क्षेत्रमा वायुयान उडान र सञ्चालन गर्नु हुँदैन ।
हवाई उडान तथा वायुयानसँग सम्बन्धित देहायका कागजातहरू साथमा नराखी कसैले पनि नेपाल ……..को
हवाई क्षेत्रमा वायुयान उडान गर्नु हुँदैन ः–
(क) वायुयान दर्ता प्रमाणपत्र,
(ख) वायुयानको उडान योग्यताको प्रमाणपत्र,
(ग) यात्रा अभिलेख पुस्तिका (जर्नी लग बूक)
(घ) उडानमा रहने प्रत्येक क्रूको व्यक्तिगत इजाजतपत्र, रेटिंग तथा अन्य प्रमाणपत्र,
(ङ) यात्रु बाहक वायुयान भएमा सो वायुयानमा यात्रा गर्ने प्रत्येक यात्रुहरूको नाम, राष्ट्रियता, अवतरण गर्ने स्थान र अन्तिम गन्तव्य स्थल,
(च) एनेक्स तथा म्यानुअलमा उल्लेख भएका अन्य कागजातहरू मध्ये प्राधिकरणले तोकेका कागजातहरू ।